बसको ठक्करबाट किशोरीको मृत्यु

बसको ठक्करबाट किशोरीको मृत्यु: कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकाको खनारमा यात्रुवाहक बसको ठक्करले एक किशोरीको मृत्यु भएको छ।

इटहरीबाट विराटनगर जाँदै गरेको नागरिक यातायातको बसले ९ कक्षामा पढ्ने छात्रा सम्झना यादवलाई ठक्कर दिँदा उनकी मृत्यु भएको हो।

दुर्घटनापछि आक्रोशित स्थानीयहरूले बसमा आगो लगाएका छन्, जसका कारण बस पूरै जलेर नष्ट भएको छ।

घटनापछि खनार क्षेत्र तनावपूर्ण भएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *