एम्बुलेन्स रोक्दा अढाई लाख जरिवाना

एम्बुलेन्स रोक्दा अढाई लाख जरिवाना: केरल राज्यको त्रिशूरका एक व्यक्तिलाई एम्बुलेन्सको बाटो रोक्दा अढाई लाख भारु जरिवाना र चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरिएको छ।

बिरामी बोकेको एम्बुलेन्सले साइरन बजाउँदै ओभरटेक गर्न खोज्दा एक कार चालकले बारम्बार उसलाई रोक्दै अवरोध गरेको थियो।

यो घटना ७ नोभेम्बरको दिन चलाकुडीमा भएको हो, र एम्बुलेन्स चालकले उक्त घटनालाई ड्यास क्याममा रेकर्ड गरेका थिए। फुटेज सार्वजनिक भएपछि कार चालकलाई कारबाही गरिएको हो।

फुटेजमा एम्बुलेन्सले साइरन र हर्न बजाउँदै ओभरटेक गर्न प्रयास गर्दा पनि कार चालकले एम्बुलेन्सलाई बाटो छाड्न नदिएको देखिन्छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *