तुलसीपुरबाट १३ ट्याक्टर नियन्त्रणमा

तुलसीपुरबाट १३ ट्याक्टर नियन्त्रणमा: दाङको तुलसीपुरमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गरिरहेको अवस्थामा १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ।

सोमबार दिउँसो १२ बजेतिर तुलसीपुर उपमहानगर– १२ र १६ मा पर्ने ग्वारखोलाबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १२ वटा र तुलसीपुर– ३ स्थित पातुखोलाबाट एउटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पठाइएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *