सम्बन्धीत समाचार
नाडा अटो शो २०१८ मा १९ ब्रान्डका दुई पांग्रे सवारी साधनले भाग लिने भएका छन् ।
अटो शोमा टीभीएस, एसडब्ल्युएम, बजाज, सुजुकी, होन्डा, हार्ले डेभिडसन, हिरो, केटीएम, यामाहा र रोयल इन्फिल्डका बाइक र स्कुटर प्रदर्शनका लागि राखिएका छन् ।
त्यसैगरी भेस्पा, यूएम, रनर, बेनेली, अप्रिलिया, सीएफ मोटो, निउ, एफटेक, मियामा र टेक्कनका बाइक तथा स्कुटर पनि छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने सो अटो शोमा ४ पांग्रे, २ पांग्रे र अटो कम्पोनेन्ट्सको अत्यधिक मागलाई ध्यानमा राखी यस वर्ष ३ वटा ह्यांगर अर्थात डोम राखिएको छ । यस वर्षको अटो शोमा करिब ६० हजार अवलोकनकर्ता हुने अपेक्षा गरिएको नाडाले जनाएको छ ।