सम्बन्धीत समाचार
एमएडब्ल्यु लाईफले निकै लामो समयदेखि नेपाली बजारमा आउने चर्चा गरिएको जीप कम्पास नेपाली बजारमा ल्याएको छ ।
जिपको सुरुवाती मोडल स्पोर्ट १.४ मल्टीएयर पेट्रोलको मूल्य ६८ लाख ५० हजार तोकिएको छ भने, सबैभन्दा महंगो डिजेल लिमिटेड २.० 4X4 को मूल्य ९६ लाख ५० हजार तोकिएको छ ।
अहिले कम्पनीले कम्पासको पेट्रोल भर्सनमा ३ भेरिएन्ट ल्याएको छ भने, डिजेल भर्सनमा ७ भेरिएन्ट ल्याएको छ ।
यसको शोरुम काठमाडौंको नारायणचौरमा निर्माण भएको छ ।