अवैध स्पेयर पार्टसको आयातले राजस्वमा धक्का
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
January 14, 2022

नेपालभारतसंग खुल्ला सिमानाका कारण अवैध रुपमा माल सामान ओसार पसार हुनु कुनै नौलो कुरा होइन, तर विगत केहि महिनायता सुनौलि नाकाबाट यो क्रम ह्रवातै बढेर गएको छ जसको प्रतक्ष्य असर सरकारको राजस्वमा पर्ने देखिन्छ ।
विशेष रुपमा नेपालको मुख्य नाकामध्ये एक सुनौली नाकाबाट अवैध रुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ, जसबाट राज्यलाई दिनहँु ठुलो मात्रामा राजस्व नोसानी पर्ने गएको देखिन्छ । अधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्राउ‘दा मुःअःकर सहित ४३ % सम्म राजस्व बुभmाउनु पर्ने हुन्छ तर यी सामान अवैध तवरबाट भित्रिदा सरकारलाई दैनिक लाखौको राजस्व नोक्सानि हुदै आइरहेको छ । जवकि सम्बधित निकाय मौन बसिदिदा यो क्रम दिनादुन बढदै गइरहेको छ र भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्ंचालक अनुसार संबन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६०% भन्दा बढी पार्टसहरु अवैध तवरले आयात भैइरहेका छन् जसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुराएको छ । सुरु–सरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर यस्तो अवैध आयात रुपन्देही, कपिलवस्तु एंव नवलपरासीका सम्पुर्ण क्षेत्रसम्म विस्तार भएको बताउ‘छन् बुटवल मैनावगरका अटो पार्टस् व्यवसायी कृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगर तर संवन्धित निकाय भने यस्ता किसिमका अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल नगरेको पाइएको छ ।
यस संम्बन्धमा संम्बन्धित निकायलाई बारम्बार अधिकारीक रुपमा जानकारी गराएपनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चार्यको विषय भएको बताउनु हुन्छ, बुटवल इन्जिनियारिड. एसोसिएसनका उपाधक्ष्य बाबुराम आचार्यले सरकारलाई दैनिक लाखौका नोक्सानि हुनु भनेका आखिर जनतालाई नै नोक्सानि हुुनु होइन र ।
स्थानिय व्यापारीका अनुसार गाडी धनी स्वयंले सिमापारीका व्यापारीलाई सम्र्पक गर्नै र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङ्गमा ग्यारेजसम्म मालसामान उपलब्ध खुलेआम हुने गरेको हो जसले सरकारको राजस्वमा प्रतक्ष्य असर गरेको नै छ साथसाथै राज्यलाई कर तिरेर व्यवसाय संञ्चालन गरिरहेका स्थानिय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।
यस्तो किसिबको भयावह स्थीति आइसक्दा पनि सम्बन्धित निकायले नजर अन्दाज गर्नुले सो निकायको कार्यसैलीप्रति समेत प्रश्नचिन्ह खडा गरेकोे छ साथ साथंै सस्तो मुल्यको लोभमा सक्कली भनि नक्कली पार्टसको प्रयोग पनि व्यापक रुपमा बढदै गएको देखिन्छ । यस सम्बधमा सम्बधित निकायले छिटो भन्दाछिटा ठोस कदम उढाएर अवैध किसिमका आयातलाई पूण रुपमा बन्द गर्नु पनै अति आवश्यक रहेको छ साथै भविष्यमा यस्ता किसिमका कियाकलापलाई निरुत्साहित गर्न केन्द्र सरकारले यसमा विशेष ध्यान दिन जरुरी देखिएको छ ।