लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रलको आयोजनामा निःशुल्क स्वास्थ शिविर सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
January 13, 2022

लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पतालको आयोजनामा साहारा जेष्ठ नागरिक समाजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल, लायन्स क्लब काठमाडौं सोसियल फ्रेण्डस, लायन्स क्लब काठमाडौं युनाइटेड वेष्ठ, लायन्स क्लब काठमाडौं युनिफाइड नेशन र भोमी अस्पतालको संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका १० खोपासीस्थित सहारा ज्येष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ चेकजाँच गरिएको हो ।

२०७० सालमा स्थापना भएको उक्त संस्थामा ६० वर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निःशुल्क इसीजिको चेक जाँच गरिएको हो । लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए । सहारा जेष्ठ नागरिक समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको महासचिव भुषणकुमार श्रेष्ठले जानकारी दिए । साथै जन्मदिन र बैवाहिक जीवनमा बाधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको उनले बताए ।

भोमी अस्पतालका म्यानेजर राजेश कुमार शाहीका अनुसार शिविरको आयोजना गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग पुग्ने छ । भोमी साहारा कार्ड बितरण गरेको उनले बताए । भोमी साहारा कार्डमा निःशुल्क एम्बुलेन्स, निःशुल्क चेकअप, निःशुल्क परामर्श र अन्य सेवामा विशेष छुट दिने अस्पतालले जनाएको छ ।

चन्द्र श्रेष्ठले गरिन् सहारा जेष्ठ नागरिक समाजलाई नगद सहयोग

लायन्स क्लब काठमाडौं सोसियल फ्रेण्ड्सकी द्धितीय उपाध्यक्ष चन्द्र श्रेष्ठले नगद सहयोग गरेकी छिन् । उपाध्यक्ष श्रेष्ठले साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको लागि खाजा खर्चमा सहयोग पुगोस भनेर नगद सहयोग गरेकी हुन् । उनले साहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई १० हजार रुपैयाँ नगद हस्तान्तरण गरिन् ।