बेनेलीको एलईडी लाइट सेट भएको पहिलो स्कुटर प्यानेरिया
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
December 29, 2021

नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको छ । कम्पनीले केही दिन पहिले मात्र नेपाली बजारमा बेनेलीको नयाँ स्कुटर प्यानेरिया १२५ भित्र्याएको हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको इन्जिन छ । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो ।

नेपाली बजारमा पुरै एलईडी लाइट सेट भएको यो पहिलो स्कुटर भएको कम्पनीले बताएको छ । डीआरएल, इन्डिकेटर, ब्रेक लाइट आदि सबै एलईडीयुक्त लाइट छ । प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्न चार कलरमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।