प्योर इभीको नयाँ वर्ष अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
December 29, 2021

नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले ‘न्यु इयर अफर २०२२’ ल्याएको छ । उक्त अफर अन्तर्गत प्योर ईभीका प्रत्येक स्कुटर खरिद गर्दा स्योर सट ८ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

स्योर सट गिफ्ट अन्तर्गत ३ हजार ५ सय रुपैयाँ मूल्य पर्ने प्योर ईभी हुडी वा स्वेटर उपलब्ध हुनेछ । अन्त्यमा एक जना लक्की विनरले पोखराको वाटरफ्रन्ट रिसोर्टमा २ रात र ३ दिन बस्न मिल्ने गरी दुई जनालाई काठमाडौं–पोखराको दुईतर्फी एयर टिकट सहितको सुविधा प्राप्त गर्नेछन् । नेपाली बजारमा हाल प्योर ईभीका ईट्रान्स ७जी र ईट्रान्स नियो मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । यी इलेक्ट्रिक स्कुटरको मूल्य क्रमशः २ लाख ६० हजार र २ लाख ४९ हजार रुपैयाँ छ ।

ईट्रान्स नियो इलेक्ट्रिक स्कुटरमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको पोर्टेबल ब्याट्री प्याक र १.५ किलोवाट नोमिनल र २.२ किलोवाट पिक बिएलडिसी मोटर छ । जसले सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ । ईप्लुटो ७जीमा २.५ किलोवाटको ब्याट्री र २ हजार २ सय वाटको मोटर छ । यसले पनि सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ । स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।