प्रिमियम सेडान एल्सभिनको टेस्ट ड्राइभ मारामार
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
December 8, 2021

नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले चांगनका गाडी बिक्री–वितरण गरिरहेको छ । नेपालमा हालै भित्रिएको चांगन अटोको नयाँ सेडान एल्सभिन एक हजार जनाले टेस्ट ड्राइभ गरेका छन् । चीनको अग्रणी प्यासेन्जर ब्रान्डको उक्त प्रिमियम सेडान नेपाल भित्रिएको दुई साताकै अवधिमा सो संख्यामा टेस्ट ड्राइभ गरिएको हो । उक्त प्रिमियम सेडानको पप–अप शोरुम गत नोभेम्बर २२ देखि सोल्टी होटेलमा रहेको छ । ग्राहकहरुले सोल्टी होटेल गई एल्सभिनको टेस्ट ड्राइभको सुअवसर प्राप्त गर्न सक्नेछन् । टेस्ट ड्राइभका लागि हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ ।

चांगन अटोले काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टहरुमा गाडी प्रदर्शनको लागि समेत राख्ने गरेको छ । ती अपार्टमेन्ट निवासीहरुले एल्सभिनको टेस्ट ड्राइभ र सुबिधाहरुबारे बुझ्ने अवसर पाएका थिए । यस बाहेक ग्राहकहरुले अन–कल टेस्ट राइडका आफ्नो अनुकूल स्थानमा टेस्ट ड्राइभ लिन सक्ने समेत बताइएको छ । सोल्टी होटेलमा एल्सभिनको टेस्ट ड्राइभ जनवरी १९, २०२२ सम्म गरिने छ । यसका साथै विभिन्न हाउजिङमा पनि गाडी डेमोका लागि राखिने कम्पनीको भनाइ छ ।

यसका साथै चांगन नेपालको वेबसाइट अथवा ९८०२३४०५९२ मा सम्पर्क गरि टेस्ट राइडको बुकिङ समेत गर्न सकिने बताइएको छ ।