होण्डा अमेज पेट्रोल र डिजेल दुवै भेरियन्टमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
December 6, 2021

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको MMC अमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ । यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स LED प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको LED DRL’s का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यानाकर्षण गर्नेछ । यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक R-15 एलोए व्हीलस् हो।

त्यसैगरी यस अमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि NCAP बाट ४ स्टार सेफ्टी रेटिङ्गसमेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजेल दुवै भेरियन्टमा ७ स्पिड CVT गियरबक्स् रहेको छ ।

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ। अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम C- Shaped LED कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरू पनि छन् ।