देशभर थापा समूहको अन्तरक्रिया तथा छलफल कार्यक्रम
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
November 29, 2021

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी मंसिर २३ र २४ गते हुन गइरहेको ४५ औँ साधारण सभा तथा अधिबेशनमा पाेखराका स्थापित अटो ब्यवसायी ध्रुब थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको उमेद्वारहरुको देशभर अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ ।

 

‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार भएका छन । थापा हिमालय अर्गनाइजेसनका अध्यक्ष समेत हुन । उनी फाेर्स माेटर्सकाे नेपालका लागी आयातकर्ता पनि हुन । अटाेसँगै थापाकाे बैक, रियलस्टेट, हाेटल, कलेज लगायतमा लगानी रहेकाे छ ।

४६ बर्षको नाडाको इतिहासमा पहिलोपटक महिला उमेद्वार सहितको प्यानल ध्रुव थापा समूहले सार्वजनिक गर्दै भोट अपिल गरेका छन । कर्पोरेट अटो ब्यबसायी देखी साना ब्यवसायीलाई समेत समेटेर ध्रुव थापा समूहले प्यानल ल्याएकोले यो समुहले चुनाब जित्ने देखिन्छ । नाडाको वर्तमान कार्यसमिति सदस्य तथा हाल ध्रुब थापाको टिमबाट उमेद्वारी दिएका अटोमोबाइल ब्यवसायी कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी थापाले नाडामा हाल देखिएका समस्या, त्यसका समाधानका उपायहरु र टिमको प्रतिबद्धताहरु प्रस्तुत गर्दै भोट अपिल गरेका थिए ।

आफ्नो टिम समाबेशी रहेको जानकारी दिँदै थापाले साना ब्यवसायीदेखि ठूला ब्यवसायी सबैको साथ आफूसँग रहेकोले चुनाबमा सफलता हासिल गर्ने उच्च अपेक्षा राखेको बताएका थिए । थापा समूहको चुनावी अन्तरक्रिया कार्यक्रम पुर्वदेखी शुरु हुदैं हेटौंडा, बनेपा, चितवन, काठमाडौं, पोखराको साथै बुटवलसम्म आइपुगेको छ । कार्यक्रममा थापा प्यानेलका आकाश गोल्छा, अमरज्योती रञ्जित, बिएन पाठक, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायणप्रसाद पौडेल, नवराज भुसाल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बिरसिहं कंसाकार, सञ्जयकुमार खेतान, शुभआसिष थपलिया, यमुना श्रेष्ठ लगायतका उमेद्वारको सहभागिता थियो ।