चितवन अटोमोबाइल्सको अध्यक्षमा कृष्णप्रसाद भण्डारी निर्वाचित
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
November 23, 2021

चितवन अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा कृष्णप्रसाद भण्डारी निर्वाचित भएका छन् । शनिबार चितवनको नारायणगढमा आयोजित २०औं साधारणसभा तथा १०औं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । एसोसिएसनको प्रथम उपाध्यक्षमा कुलबहादुर क्षेत्री, द्वितीय उपाध्यक्षमा राजेन्द्र भट्टराई, तृतीय उपाध्यक्ष (क्षेत्रगत) मा देवीप्रसाद बराल, सचिवमा भीमप्रसाद सुवेदी, कोषाध्यक्षमा जीतबहादुर सेढाईं, सहसचिवमा पुरुषोत्तम पौडेल र सहकोषाध्यक्षमा रामशरण भट्टराई निर्वाचित भएका छन् ।

सदस्यमा अविनाश श्रेष्ठ, विकासचन्द्र घिमिरे, राजाराम सापकोटा, मुक्तलाल शर्मा सुवेदी, सुमन भुसाल, प्रशान्त पौडेल निर्वाचित भए । क्षेत्रगत सदस्यमा चिरञ्जीवी अर्याल र बाचस कट्टेल निर्वाचित भएको निबर्तमान अध्यक्ष अमृत जोशीले जानकारी दिए । साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले गरेका थिए ।