टाटा मोटर्स एक्सचेन्ज क्याम्प
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
November 22, 2021

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालीले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम यहि मंसिर ०३ देखि ०७ गतेसम्म नेपालभरका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गरेको छ । ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नु हुनेछ ।
साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नु हुनेछ भने यस संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछ । यसका साथै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नु भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनीले अनुरोध गरेको छ ।