समृद्धि फाइनान्स र भल्वोको सम्झौता
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
November 3, 2021

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र भल्वोको नेपालका लागि आधिकारिक वितरक टाइम्स मोटर्स प्रालिबीच भल्वोका निर्माण उपकरण खरिदकर्ताहरुका लागि उपकरण ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि फाइनान्सका सबै शाखाबाट देशभरका भल्वो निर्माण उपकरणका सम्भावित खरिदकर्ताहरुले उपकरण ऋण सुविधा प्राप्त गर्नेछन् । जस अन्तर्गत टाइम्सका सम्भावित ग्राहकले उपकरण लागतको ८० प्रतिशतसम्म कर्जा फाइनान्सबाट लिन सक्नेछन् । सो कर्जाको अवधि अधिकतम ५ वर्षको हुनेछ ।

उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र टाइम्स मोटर्सको तर्फबाट प्रबन्ध निर्देशक दिपकराज गिरीले हस्ताक्षर गरेका छन् । समृद्धि फाइनान्सले बचत खातामा उच्चतम व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले ५ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।