फोर्ड नेपालको अफ–रोडिङ कार्यक्रम
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
November 3, 2021

फोर्ड नेपालले नेपालमा आन्तरिक पर्यटन र अफ–रोडिङ कल्चर प्रवद्र्धन गर्दै अफ टु नुवाकोट ४×४ कार्यक्रम सञ्चालन गरेको छ । फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको बताएको छ ।

काठमाडौं उपत्यकाबाट छोटो दूरीमा रहेको तर नेपालको प्राचीन र ऐतिहासिक स्थलहरू मध्ये एक नुवाकोट सम्मको सो एक दिने¥याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो । सो यात्राको बीचमा वन क्षेत्र र वनस्पति तथा पुरातन सांस्कृतिक गाउँहरू सहितको सबैभन्दा रमणीय स्थानहरु थिए । यो कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवन शैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रम को एक हिस्सा भएको बताइएको छ । अफ टु नुवाकोटको अवधारणा विशेष गरी फोर्ड लाइफस्टाइल ट्रकहरूको प्रदर्शनको साथमा अन्वेषण र यात्राको संस्कृतिलाई जोड दिनु हो जुन यात्रा अभियानमा नभई नहुने पाटो भएको कम्पनीको भनाइ छ । करिब ४० जना सहभागीहरुसँग फोर्डले जंगल भ्रमण, जिप लाइन र साइट सिइङ जस्ता बीचमा धेरै गतिविधिहरु सहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेतीलाई प्रवद्र्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन भएको थियो ।

४×४ कार्यक्रमको अवधारणा बजार विकास र फोर्ड एडभेन्चर गाडीहरू जस्तै फोर्ड रेन्जर, फोर्ड रेन्जर र्याप्टर र नयाँ लाइन अप फोर्ड एभरेस्टको प्रवद्र्धनसँगै आएको हो। यी सबै सक्षम गाडीहरु थाइल्याण्डका हुन ्। यी गाडीहरु प्रदर्शन र क्षमताको लागि परिचित छन् । फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमको एक हिस्साको रूपमा हरेक वर्ष विभिन्न अभियानहरू सञ्चालन गर्छ । पछिल्लो दिनमा ड्राइभ टु मनाङ, ड्राइभ टु लोमाङथाङ र मुस्ताङ एडभेन्चरजस्ता सफल कार्यक्रमहरु भएका छन् जुन नेपालमा साहसिक घटनाहरुको बेन्चमार्क हो । फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमहरु सञ्चालन गरी नेपालको पर्यटन क्षेत्रमा योगदान गर्ने गरेको बताएको छ ।