मारुती सुजुकी बलेनो क्रयास टेष्टमा असफल
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 31, 2021

भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले बनाएको प्रिमियम ह्याचब्याक कार बलेनोले क्रयास टेष्टमा शून्य स्टार रेटिङ प्राप्त गरेको छ । हालै मात्र ल्याटीन अमेरिकी एनक्याप क्रयास टेष्टमा बलेनोले शून्य स्टार पाएको हो । बलेनोले एडल्ट अकुपेन्ट बक्समा २०.३ प्रतिशत, चाइल्ड अकुपेन्ट बक्समा १७.०६ प्रतिशत, प्रेडिस्ट्रेन प्रोटेक्सनमा ६४.०६ प्रतिशत र सेफ्टी असिस्ट बक्समा ६.९८ प्रतिशत मात्र स्कोर पाएको थियो ।

बलेनोको यो क्यास टेष्टको शून्य स्टारले मारुती सुजुकीका कारहरूको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । केहीहप्ता अगाडि मात्र मारुती सुजुकीको अर्को ह्याचब्याक स्वीफ्टले पनि शून्य स्टार पाएको थियो । ल्याटीन अमेरिकी एनक्यापका सेक्रेटर जनरल अलेजान्द्रो फुरसले स्वीफ्टसँगै अहिले बलेनोको पनि शून्य स्टार रेटिङले आफूलाई निराशा बनाएको जनाएका छन् । उनले यी कारमा वयस्क तथा बालबालिकाको सेफ्टी प्रोटेक्सन ल्याटिन सेफ्टी स्टाण्डर्डमा एकदमै कमजोर भएको बताए ।

मारुती बलेनोको ग्लोबल एनक्याप रेटिङ अहिलेसम्म भएको छैन । यसअघि भएका सबै मारुती कारको क्यास टेष्टमा एकदमै कमजोर नतिजा आएको थियो । गत नोभेम्बरमा गरिएको ग्लोबल एनक्यापको टेष्टमा मारुतीको सानो कार एसप्रेस्रोले पनि जिरो स्टार रेटिङ पाएको थियो । त्यस्तै सन् २०१८ मा गरिएको क्यास टेष्टमा मारुती स्वीफ्टले मात्र २ स्टार रेटिङ पाएको थियो ।