लोमान्थाङको यात्रामा महिला राइडर्सहरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 29, 2021

चार जना महिला राइडरहरुको समूहले पोखरा देखि लोमान्थाङ सम्मको यात्रा पुरा गरेका छन् । क्रसएक्स २५०आर र अप्रिलिया आरएक्स १२५ सवार महिला राइडरहरुले सो राइड पुरा गरेका हुन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको महिला कमिसन र विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन नेपाल (विमा नेपाल) को संयुक्त आयोजनामा उनीहरु  लोमान्थाङ प्रस्थान गरेका थिए । राइडरहरु सुनिता देशार, दुर्गा गोडवा तामाङ, आशा भण्डारी र सविना घिसिङ सो राइड कार्यक्रममा सहभागी थिए । यात्राको नेतृत्व तथा मार्सलिङ विमा नेपालकी अध्यक्ष सुनिता देशारले गरेकी थिइन् । नेपालमा यस प्रकारको मोटरसाइकल यात्रा विभिन्न अवसरहरुमा भइरहने भए तापनि महिला राइडरको नेतृत्व र मार्सलिङमा यो पहिलो र लामो यात्रा हो ।

पोखराको अफरोड नेपालबाट शुरु भई मार्फा, जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, कोरोला बोर्डर सम्मको यात्रा रहेको थियो । विश्वको दुर्गम क्षेत्र मध्येको माथिल्लो मुस्ताङको यात्रा चुनौतीपूर्ण बाटोहरु पार गर्दै महिलाहरुले पनि गर्न सक्छन् भन्न सन्देश यात्राले दिनेछ र नेपालको पर्यटन प्रवद्र्धन समेत हुने विश्वास गरिएको छ । यात्राकै क्रममा राइडरहरुले जोमसोममा अवस्थित जनहित माविमा अध्ययनरत २२ जना छात्राहरुलाई शैक्षिक सामग्री र स्यानिटरी प्याडहरु निःशुल्क वितरण पनि गरेका थिए । सो -यालीको सुरुवातमा सम्पूर्ण राइडर्सहरुलाई काठमाडौ लिजेन्ड टिमले विदाई गरेको थियो ।