क्रसफायर र इटालिका मोटोको नयाँ अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 28, 2021

क्रसफायर र इटालिका मोटोको आधिकारिक बितरक क्लासिक ह्विल एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले तिहारलाई लक्षित गरी नयाँ अफर सार्बजनिक गरेको छ । उक्त अफर अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक र बम्परमा नगद छुटको साथै बिभिन्न एसेसोरिज र निशुल्क पोखरा टुरसम्मको सुबिधा प्राप्त गर्न सक्नेछ ।

दैनिक अफर अन्तर्गत क्रसफायरको आरएम २५० खरिद गर्दा ग्राहकले निशुल्क हेल्मेट र गगल्स पाउनेछन् भने यसको एचजे मोडलमा १५ हजार नगद छुटको साथै निशुल्क हेल्मेट र गगल्स प्रदान गरिनेछ । त्यसैगरी इटालिका मोटोको कुनैपनि मोटरसाइकल तथा स्कुटर बुकिङ गर्दा ५०० हजार नगद छुटको साथै खरिदको समयमा अतिरिक्त १० हजार नगद छुट र निशुल्क हेल्मेट लगायत अन्य एसेसोरिज पाउनेछन् ।
साप्ताहिक अफरमा क्रसफायरको एचजे र आरएम मोटरसाइकल खरिद गर्दा एकजना भाग्यसाली बिजेताले निशुल्क जर्सि, पेन्ट र ग्लोभ प्राप्त गर्न सक्नेछन् भने इटालिका मोटोमा १ जनालाई १० हजार नगद प्रदान गरिनेछ ।

त्यसैगरी बम्परमा क्रसफायर खरिद गर्ने एकजना ग्राहकलाई सम्पूर्ण राइडिङ गियर र एसेसोरिजहरु जस्तो, जर्सी, ट्राउजर, बुट, ग्लोभ, ह्यान्डल बार र हेल्मेट निशुल्क प्रदान गरिनेछ । इटालिका मोटोमा भने २ जनालाई २ रात ३ दिनको पोखरा टुर प्याकेज प्रदान गरिनेछ । जसअन्तर्गत उनीहरुले पोखरामा रहेको हिमालयन फ्रन्ट होटलमा निशुल्क बस्न र खानाको सुबिधा पाउनेछन् ।

यी अफरसंगै कम्पनीले फाइनान्स र एक्सचेन्जको सुबिधा समेत प्रदान गर्ने बताएको छ । एक्सचेन्जमा क्रसफायर र इटालिका मोटो खरिद गर्दा ग्राहकले आफूसंग भएको पुरानो मोटरसाइकलमा १५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन र हेल्मेट निशुल्क पाउनेछन् । त्यसैगरी क्रसफायरको एचजे मोडललाई फाइनान्स सुबिधामा खरिद गर्दा १० हजार रुपैयाँ नगद छुट र हेल्मेट प्राप्त गर्न सक्नेछन् भने इटालिका मोटोमा ५ हजार नगद छुट र हेल्मेट प्राप्त गर्न सकिने बताइएको छ ।