नेपालमा चांगनका ५ मोडल प्रिमियम गाडीहरु भित्रिने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 28, 2021

चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड दाबी गर्ने चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले आगामी २ वर्ष भित्र ५ मोडलका उत्कृष्ट गाडी नेपालमा सार्वजनिक गर्ने बताएको छ ।

चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’ को आगमनसँगै आफ्नो यात्रा नेपालमा सुरु गर्ने बताएको छ । उक्त गाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आरामदायिता र कार्यक्षमताको मिश्रणको अनुभव गर्नेछन् । १.४ लिटर ब्लुकोर इन्जिनद्वारा संचालित एल्सभिन ७ इन्च फ्लोटिंङ इन्फोटेनमेन्ट टचस्क्रिन प्रणालीसहित उपलब्ध हुनेछ ।

एल्सभिन पश्चात एक प्रिमियम लाइफस्टाइल पिकअप ‘हन्टर’ नेपाली सडकमा उपलब्ध हुनेछ । हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन सकिन्छ । हन्टरमा २३० एमएमको ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ जसले गर्दा यसलाई पूर्ण अफरोडर बनाउँछ । एल्सिभन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् ।

२०२२ वर्षको सुरुवात लक्जरी एसयूभी ‘ओशान एक्स७’ को लन्चसँगै हुनेछ । ओशान एक्स ७ सुविधाहरू र विलाशिताको मिश्रण हुनेछ । यसपछि मध्यम आकारको स्टाइलिस एसयूभी ‘सीएस ३५ प्लस’ लन्च गरिनेछ । सीएस ३५ प्लसले गुणस्तरीय डिजाइनसँगै आरामदायक ड्राइभिङ अनुभव पनि प्रदान गर्दछ ।

२०२२ एक उच्च गुणस्तरीय एसयूभी ‘युनि–टी’ को आगमनसँगै समाप्त हुनेछ । उक्त गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन् । युनि–टी उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ । रमणीय डिजाइन, उच्च–अन्तको टेक्नोलोजी र आरामदायी ड्राइभिङ खोज्नेहरुका लागि युनि–टी सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।