चांगन युनि–टीले फाइभ स्टार सेफ्टी रेटिङ पायो
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 22, 2021

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले सीएनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ ।

चाइना अटोमोटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टरले सेप्टेम्बर १५ मा प्रकाशित गरेको नतिजा अनुसार युनि–टीले सो उपाधि पाएको हो । बेस्ट इन क्लास डिजाइन र टेक्नोलोजीका कारण यो गाडी बेस्ट इन सेफ्टी समेत बन्न सफल भएको कम्पनीको भनाइ छ ।

चांगन युनि–टीलाई ‘द प्रोड्युसर अफ फ्युचर’ समेत भनिन्छ । डिजाइन र टेक्नोलोजीका लागि पहिले देखि नै लोकप्रिय मानिएको चांगन अब सेफ्टीका लागि समेत चिनिने भएको छ ।

चीनको घरेलु बजारमा नम्बर एक ब्रान्ड भएको दाबी गर्ने चांगन अब नेपाली बजारमा समेत प्रिमियम रेन्जका साथ आउने तयारीमा रहेको छ । नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले यो ब्रान्ड भित्र्याउने तयारी गरिरहेको छ । यसै सन्दर्भमा चांगन नेपालको फेसबुक पेजमा नेपाली बजारमा भित्रिने नयाँ गाडीको टिजर भिडियो समेत सार्वजनिक गरिएको छ ।

नोभेम्बर महिनामै नेपाल भित्रिने बताइएको सो गाडीको वारेमा अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।