टाटा पन्च क्र्यास टेस्टमा पाँच स्टार, सबैभन्दा सस्तो एसयूभी
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 19, 2021

टाटाको नयाँ माइक्रो एसयूभी पन्चले हालै गरिएको ग्लोबल एनक्याप क्र्यास टेस्टमा वयस्क सवार सुरक्षामा पाँच स्टार र बालबालिकाका लागि चार स्टार प्राप्त गरेको छ । आगामी अक्टोबर २० देखि बिक्री प्रारम्भ गरिने टाटा पन्च यसरी फाइभ स्टार प्राप्त गर्ने पछिल्लो नयाँ कार हो । यो भन्दा पहिले टाटा नेक्सन र टाटा अल्टोज यो सूचीमा सामेल भइसकेका छन् ।

यो कम्पनीको सबैभन्दा सस्तो एसयूभी बन्नेछ । टाटा पन्च अल्फा प्लेटफर्ममा तयार गरिएको हो । यसमा अल्ट्रोज र नेक्सनबाट प्रेरित ९० डिग्रीको ढोका सामेल गरेको छ । टाटा पन्चमा दुई इन्जिन विकल्प दिइएको छ । पहिलो १.२ लिटर, ३ सिलिन्डर रेभोट्रोन पेट्रोल इन्जिन जसले ८६ बीएचपी र ११३ एनएम टर्क जेनेरेट गर्छ । जबकि दोस्रो १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० बीएचपी र १४० एनएम टर्क जेनेरेट गर्छ । पन्चमा ६ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प प्रदान गरिएको छ । पन्चको इन्टरियर डुअल टोन थिममा राखिएको छ । जसमा ब्ल्याक र ह्वाइट रङको उपयोग गरिएको छ । उक्त रङको संयोजन ड्यासबोर्डमा देख्न सकिन्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, आईआरए कनेक्टेड कार टेक्नोलोजी समावेश गर्ने सम्भावना रहेको छ ।

यसको साथै कारमा एसी भेन्ट्समा ब्लु हाइलाइट र भित्रको डोर ह्यान्डलमा ह्वाइट इन्सर्टको प्रयोग गरिएको छ । पन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा गियर पोजिशन, इन्धनको स्तर, ट्रिप मिटर, आरपीएम र डिस्टेन्स टु एम्प्टी आदिको जानकारी देखाउँछ ।