नेपाल रिकण्डिसन अटो व्यवसायी संघको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 12, 2021

नेपाल रिकण्डिसन अटो व्यवसायी संघको आयोजनामा आज पहिलो पटक शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघका का. अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा पदाधिकारीहरु, अटो व्यवसायी, कानुनी सल्लाहकार, अटो नेपालका संचालक रोशनकुमार श्रेष्ठ, एमडी भुषणकुमार श्रेष्ठ तथा नेपाल रिकण्डिसन अटो व्यवसायी संघका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त अवसरमा नेपालमा रिकण्डिसन व्यवसाय शुरुवात गर्ने १२ जना अग्रज अटो व्यवसायीहरुलाई संघका का. अध्यक्ष रमेश कोईराला तथा संघका पदाधिकारीहरुबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं सम्मानित अग्रज अटो व्यवसायी सुरेन्द्रमान जोशीले यसरी धेरै समयपछि संघ पुन र्जुमुराएकोमा खुशी हँुदैं आफुले सधैं सहयोग गर्ने बताए । नेपाल रिकण्डिसन अटो व्यवसायी संघको सम्मान पाउँदा निकै खुशी लागेकोले यस संघप्रती आभार व्यक्त गरे ।
कार्यक्रमका संचालक माधव रिजालले छिट्टैं नैं सामाजिक उत्तरदायित्व बहन गर्नुका साथैं नाडा र यातायात कार्यालयसँगको सहकार्यमा यातायात कार्यालयमा रिकण्डिसन अटो व्यवसायीहरुलाई निशुल्क पार्किङ र अन्य आवश्यक पर्ने सामग्री सहयोग गरिने बताए । का. अध्यक्ष रमेश कोईरालाले आगामी दिनहरुमा यातायात कार्यालयको समन्वयमा रिकण्डिसन व्यवसायीहरुको समस्याहरु समाधान गर्ने र नयाँ कार्यसमिती समेत चाँडैं बनाउन सबैं व्यवसायीहरु एकजुट भई साथ दिन अनुरोध गर्दै बडादशैं शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अटो नेपालका संचालक रोशनकुमार श्रेष्ठ, नेपाल रिकण्डिसन अटो व्यवसायी संघका कानुनी सल्लाहकार रुद्र ढुंगेल र संघका पदाधिकारीहरुबाट उपस्थित सबैं व्यवसायीहरुलाई शुभकामना आदान प्रदान गरियो ।