अपाचे आरटीआर १६०आर ४भीे
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 11, 2021

टीभीएसले भारतीय बजारमा २०२२ अपाचे आरटीआर १६०आर ४भीे बाइक लन्च गरेको छ । अपाचे आरटीआर १६० ४भी मा टीभीएस स्मार्ट कनेक्ट, नयाँ एलईडी डे टाइम रनिङ लाइटको साथमा नयाँ हेडल्याम्प र फरक फरक राइडिङ मोड समावेश गरिएको छ ।

भेरिएन्ट र मूल्य
अपाचे आरटीआर १६० ४भी स्पेशल एडिशनको मूल्य १ लाख २१ हजार ३७२ भारु राखिएको छ । सो बाइक ड्रम ब्रेक, सिंगल डिस्क र रियर डिस्क ब्रेक भेरिएन्टमा उपलब्ध रहेको छ । बाइकको स्ट्यान्डर्ड भर्सनको मूल्य १ लाख १५ हजार २६५ देखि १ लाख २० हजार ५० भारुको बीच रहेको छ । अपाचे आरटीआर १६० ४भी ड्रम भेरिएन्टको मूल्य १ लाख १५ हजार २६५, सिंगल डिस्क भेरिएन्टको मूल्य १ लाख १७ हजार ३५० र रियर डिस्क भेरिएन्टको मूल्य १ लाख २० हजार ५० भारु रहेको छ ।

लुक र डिजाइन
अपाचे आरटीआर १६० ४भी स्पेशल एडिशनमा स्पोर्टी बडी डिकल्स र स्पेशल कलर थीम समावेश गरिएको छ । यसमा म्याट ब्ल्याक कलर थीमको साथमा रेड अलोय ह्वील रहेको छ । नयाँ सिट प्याटर्नको साथमा नयाँ हेडल्याम्प डिजाइन र एडजस्टेबल क्लच र ब्रेक लिभर पनि रहेको छ ।

फिचर र कलर
नयाँ तथा पुरानो अपाचे आरटीआर १६० ४भी स्पेशल एडिशनमा तीन राइडिङ मोड अर्बन, स्पोर्ट र रेनमा उपलब्ध रहेको छ । यसको साथै बाइकमा गियर शिफ्ट इन्डिकेटर र रेडियल रियर टायरमा उपलब्ध रहेको छ । २०२१ अपाचे आरटीआर १६० ४भीको टप इन्ड भेरिएन्टमा कस्मेटिक अपडेटको साथमा टीभीएस स्मार्ट कनेक्ट सुसज्जित रहेको छ । २०२२ अपाचे आरटीआर १६० ४भी तीन रङ रेसिङ रेड, मेटालिक ब्लू र नाइट ब्ल्याकमा उपलब्ध रहेको छ ।