जेसीबीको विश्वस्तरिय सुविधा सम्पन्न शाखा दाङमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005...…)
October 8, 2021

नेपालका लागि जेसीबीको आधिकारीक विक्रेता एमएडब्लु अर्थमुर्भस प्रालिले दाङ जिल्लाको घोराही रतनपुर चोकमा अत्याधुनिक संरचना भएको भवनमा शाखा कार्यालय स्थापना गरी कार्य शुभारम्भ गरेको छ ।
नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल निर्माण व्वयसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा एमएडब्लु अर्थमुर्भस प्रालिका ईडी एवं सीईओ सञ्जिप पाहुजा र सेल्स हेड सुर्य प्रसाद ओझाले शाखा कार्यालयवाट ग्राहकहरुको चाहना एवं विश्वसनियताको लागि सम्पूर्ण मेशिन, पार्टपुर्जा एवं सर्भिसमा सदैव लागि पर्ने बताए ।

नेपालको नम्बर १ ब्रान्ड दाबी गर्ने जेसीबीका एस्काभेटर, ब्याकहो, कम्प्याक्टर, टेलिह्यान्डलर, ह्व्लिड लोडर तथा जेनेरेटर लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।
पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास रहिआएको कम्पनीको भनाइ छ । कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।’