नेपालमा जिप -यांगलर सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005...…)
October 8, 2021

नेपाली बजारमा अमेरिकी ब्रान्ड जिपको महंगो एसयूभी -यांगलर भित्रिएको छ । एक कार्यक्रमका बीच अमेरिकी राजदूत -यान्डी बेरी र एमएडब्लु ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवालले सो एसयूभी नेपालमा सार्वजनिक गरे ।
नेपालमा एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल्सले जिप ब्रान्डका गाडी बिक्री–वितरण गर्छ । नेपाली बजारमा तीन विभिन्न भेरिएन्टमा जिप -यांगलर उपलब्ध हुनेछ । जिप -यांगलर अनलिमिटेड सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ छ । त्यसैगरी -यांगलर रुबिकनको मूल्य २ करोड ६८ लाख र -यांगलर अनलिमिटेड रुबिकनको मूल्य २ करोड ७९ लाख रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा २ ढोका भएको र ४ ढोका भएको गरी दुई प्रकारको जिप -यांगलर उपलब्ध हुनेछ । यी गाडीमा ८–स्पिड अटोमेटिक सहित २.० लिटर टर्बो पेट्रोल इन्जिन छ । यी सबै गाडी ट्रायल–रेटेड हुन् र ४ वटा लो मोड तथा ७० भन्दा धेरै सेफ्टी फिचर सहित उपलब्ध छन् । जिप -यांगलरमा ७ स्लट फ्रन्ट ग्रिल, ह्विल आर्च, हेडल्याम्प, स्क्वायर टेललाइट, फोर फ्रेम रिमुभेबल डोर र रुफ तथा फल डाउन विन्डस्क्रिन उपलब्ध छ । यी सबैले जिप -यांगलरलाई आइकनिक बनाएको छ भने यसमा भएको फोर बाई फोर क्षमताले जिपलाई ‘अ लिजेन्ड फरएभर’ बनाएको कम्पनीको भनाइ छ । -यांगलर गाडी सिधै अमेरिकाबाट आयात भएको कम्पनीले जनाएको छ ।