एक वर्षभित्र हामी ट्रकको टायर पनि उत्पादन गर्छौं ।
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
October 8, 2021

– युग्म मल्ल,
चार्टर इन्जिनियर (MIET),
एमडी, वाईआर टायर

वाईआर टायरका बारेमा
वाईआर टायर नेपालमै उत्पादन भएको टायर हो । अहिले यसले नेपालमा राम्रो बजार जमाएको छ । विगतको झन्डै एक दशकदेखि गरिँदै आएको विभिन्न रिसर्च र एक्स्पेरिमेन्टहरुका साथसाथै देश र विदेशमा भएको उच्च प्रविधि र प्रयोगात्मक परीक्षणका विभिन्न स्रोत र त्यसका प्रयोगहरुको लगातार अध्ययन तथा यसै प्रविधिसँग मिल्ने उच्च शिक्षा तथा म्यानुफ्याक्चरिङ एन्ड इन्जिनियरिङ डिग्रीपश्चात् २०१६ मा वाईआर इन्डस्ट्रीको स्थापना भएको हो । विधिवत् स्थापनापछि फ्याक्ट्रीलाई तयारी अवस्थामा ल्याएर २०२१ देखि हामीले पहिलो चार प्रकारको टायर उत्पादन गरी बजारमा वाईआर टायरको बिक्री तथा वितरण सुरु गरेका हांै । यसरी टायर नेपालमा उत्पादन गर्दा हामीले गुणस्तरीय कच्चा पदार्थका साथसाथै उच्च आधुनिक प्रविधिको मेसिनरीसहित सिसिएनसी (CCNC) प्रविधि प्रयोग गरी हाम्रा टायर प्रयोगकर्तालाई सदैव उच्च गुणस्तरको टायर र विश्वसनीय टायर रहने गरी उच्च सुरक्षाको प्रत्याभूति हुने हाम्रा टायरहरु बजारमा ल्याउने प्रतिबद्धताका साथ लगातार यस क्षेत्रमा विकास तथा प्रविधिको उच्चतम प्रयोग गर्दा अरु थप टायर भेरिएन्टहरु बजारमा ल्याउने क्रममा छांै ।

स्कुटर
हामी स्कुटरका लागि ९०÷१००–१० साइजको टायर उत्पादन गर्छौं । यसले नेपालमा हुने ७५ प्रतिशत स्कुटरलाई कभर गर्छ । यो हाई क्वालिटीको टायर हो । बाँकी स्कुटर र विद्युतीय स्कुटरका लागि हामी निकट भविष्यमा उत्पादन गर्नेछौं ।

मोटरसाइकल
मोटरसाइकल धेरै खालका हुने भएकाले हामीले यसमा धेरै साइजका टायरको उत्पादन सुरु गरिसकेका छौं । भर्खरै उत्पादन भएको १४०÷६०–१७ साइजको टायर अहिले सबैभन्दा बढी बिकिरहेको छ । यो टायर एफजेड बाइकमा लाग्छ । यो उच्च गुणस्तरको उत्पादन हो र बजारमा यसको राम्रो फिडब्याक आएको छ । यो साइजमा चाहिँ लग र ज्यापर गरेर दुइटा प्याटर्नमा छ । हामीले पहाडी एरिया र सहरी एरियाका लागि भनेर छुट्टाछुट्टै प्याटर्न बनाएका हौं ।
योबाहेक १००÷९०–१७, १००÷९०–१८, ३.००–१८, २.७५–१७, १००÷८० –१७, ९०÷९०–१७, १००÷८०–१७ साइजका टायर पनि हामीले उत्पादन गरेर सफलतापूर्वक बिक्री गरिरहेका छौं ।

यसको उत्पादनको सुरुवात र अहिलेको अवस्था
हामीले टायरको उत्पादन गत फेब्रुअरीबाट गरेका थियौं । तीन महिनाको परीक्षणपछि मात्रै हामीले टायर बजारमा पठायौं । बजारको फिडब्याक राम्रो आउन थालेपछि बिस्तारै साइज थप्दै गयौं । हामीले यसको गुणस्तर र सुरक्षालाई पनि नियमित रुपमा परीक्षण गर्दै अगाडि बढ्यौं । हाम्रा सबै उत्पादन बजारमा पास भएका छन् । अब हामी बिस्तारै हाम्रो उत्पादनलाई बढाउँदै लानेछौं ।

दोस्रो चरणको सुरुवात
अब हामी फेज टुमा जाने बेला भएको छ । पहिलो चरणमा उत्पादन भएका टायरको पनि आवश्यकताअनुसार साइज थपिँदै जानेछ भने हामीले दोस्रो चरणमा केही महिनाभित्र लाइट कमर्सियल भेइकल ९ीऋख्० लाई हुने खालको टायर उत्पादन गर्ने तयारी गरेका छौं । त्यसपछि एक वर्षभित्र हामी ट्रकको टायर पनि उत्पादन गर्छौं ।