कर्णाली अटोमोबाईल्सको ट्राफिक सचेतनामुलक कार्यक्रम
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
October 8, 2021

कर्णाली अटोमोबाईल्स एसोसिएसन नेपालको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतको समन्वय सुर्खेत होराईजन एकेडमीको सहयोग र नाडा अटेा मोबाईल्स एसोसिएसन अफ नेपालको बिशेष सहयोगमा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा परिक्रमा सहित ट्राफिक सचेतनामुलक कार्यक्रम पर्चापम्प्लेट,हर्न निशेध स्टिकर सवारी साधनमा टास्ने, तपाईंको मास्कखोई अभियान सहित निशुल्क माक्स वितरण गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्य ज्युलाई फ्लेारिसेन्ट ज्याकेट पचास थान हस्तान्तरण गरि कार्यक्रम गरियो ।
उक्त कार्यक्रम सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतको प्रमुख आतिथ्यतामा बिशेष अतिथिमा प्रदेश ट्राफिक प्रहरी प्रमुख राकेश सिंह,सुर्खेत जिल्ला प्रहरी प्रमुख पदम बिष्ट र अतिथिमा सुर्खेत उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्शबिक्रम खड्का कर्णाली प्रदेश प्रहरी कार्यलयका जगदीश भट्ट जिल्ला ट्राफिक कार्यलय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्य, सुर्खेत होराईजन एकेडेमीका प्लसटु ईन्चार्ज मनोज एमसी लगायतको सहभागितामा सुर्खेत होराईजन एकेडेमीका विद्यार्थी, कर्णाली अटोमोबाईल्स एसोसिएसनका पदाधिकारी र सदस्य, ट्राफिक प्रहरी र जनपथ प्रहरीहरुको र्याली सहित कर्णाली अटोमोबाईल्स एसोसिएसन नेपालका अध्यक्ष भद्र भण्डारीको अध्यक्षतामा कार्यक्रम सुसम्पन्न भयो ।