पहिलो अल्फा आर्किटेक्चरमा बनेको टाटा अल्ट्रोज बिएस ६ सार्वजनिक हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
October 7, 2021

भारतको प्रमुख अटो ब्रान्ड टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बिएस ६ को एक्सएम प्लस भेरियन्ट नेपालमा सार्वजनिक गर्नेछ । नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरूमा एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी र १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति दिन्छन् । स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्विल कभर र आर-१६ ह्वील र रिमोट फोल्डेबल चाबी । यी सबै सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिन्छन् । हर कोही यात्राको क्रममा आनन्द र सहजताको खोजीमा हुन्छ, जसलाई अल्ट्रोजको एक्सएमप्लस भेरियन्टले पूरा गरिदिन्छ । कुनै पनि गाडीको क्वालिटीमा मात्रै होइन, लुक्समा ग्राहकहरुको निकैं ध्यान गइरहेको हुन्छ । गाडीको लुक्सलाई स्ट्रक्चरले मात्रै होइन, रङले पनि फरक पार्छ । अल्ट्रोजको एक्सएमप्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङहरुमा उपलब्ध हुनेछ । यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्नेछ ।
पेट्रोल पावरट्र्ेनमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएमप्लस पाउनेछन् ।
सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोस“ग सबैको ध्यान खिचेको सा“चो हो । त्यसपछि यस गाडीको स्टालिइस डिजाइन र सुगमतालाई सराहना गरिएको छ । र, सुरक्षाको श्रेणीमा यो सर्वश्रेष्ठ रहेकाले गाडी पारखीहरूद्वारा काफी प्रशंसा गरिएको हो । अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पा“चतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको छ ।
अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ र, यो अल्फा आर्किटेक्चरमा बनेको कम्पनीको पहिलो सवारी साधन पनि होे ।