फक्सवागन टाइगुनमा धेरै सेफ्टी फिचरहरु छन्
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 4, 2021

विवेक बिजुक्छे
सीईओ, पूजा इन्टरनेसनल नेपाल प्रालि

‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ । टायर प्रेसर डिफ्लेक्सन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्स आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।
यी मध्ये धेरै फिचर देख्न नसकिने भएकाले धेरै चर्चामा आएको पाइदैन । तर सुरक्षाको मामिलामा भने यी फिचर निकै नै महत्वपूर्ण छन् । उदाहरणका लागि कुनै अवस्थामा कार अन्य कारसँग ठोकिने अवस्थामा मल्टी–कोलिजन ब्रेकले त्यसलाई रोक्छ र यात्रुहरुलाई थप जोखिम हुनबाट बचाउछ । त्यसैगरी अचानक दुर्घटना हुने अवस्थामा हाई–स्ट्रेन्थ स्टिल स्ट्रक्चरले चारैतिरबाट यात्रुलाई पर्न जाने धक्कालाई कम गराउछ ।
फक्सवागनमा प्रसिद्ध टीएसआई प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि हो । यस इन्जिनको विशेषता भन्नु नै परम्परागत पुरानो इन्जिन भन्दा कम सीसीबाट नै अत्याधुनिक पावर, एक्सिलरेसन र माइलेज दिने हो । हल्का इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुँदा टाइगुन चलाउदा ग्राहकले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सक्नु हुन्छ ।’
सीईओ बिजुक्छेले थप स्पष्ट पारे, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसबाट नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ ।’