गण्डकीलाई ट्राफिक सचेतना सामग्री सहयोग
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 4, 2021

नाडा र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)को सहकार्यमा प्रदेश ट्राफिक कार्यालय कार्यालय गण्डकीलाई ट्राफिक सचेतना सामग्री सहयोग गरिएको छ ।

६६ औं प्रहरी दिवसको अवसरमा आइतबार प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका ट्राफिक प्रमुख प्रभु ढकाललाई वाडाका अध्यक्ष मोहनबाबु खड्काले सामग्री हस्तान्तरण गरेका हुन् ।
फ्लोरिसेण्ट ज्याकेट ५० थानसहित माक्स, स्वास्थ्य सचेतना सामग्री हस्तान्तरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले सहयोग गरेको अध्यक्ष खड्काले बताए । यस अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरिएको थियो ।