रक्तदान कार्यक्रम सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 3, 2021

सेकेन्ड ह्यान्ड कार विक्रेता व्यवसायीहरुको संस्था नेपाल रिकन्डिसन अटो व्यवसायी संघले विभिन्न संस्थाहरुसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ३० जना व्यवसायी र अन्य रक्तदाताहरुले रक्तदान गरेको संघका कार्यवाहक अध्यक्ष रमेश कोइरालाले बताए ।

पुराना, रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले रक्तदान कार्यक्रम गरेको जनाएको छ ।