होण्डाको फेस्टिभ बोनान्जा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 29, 2021

११ असोज, २०७८

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै “होण्डाको फेस्टिभ बोनान्जा” ग्राहकवर्गहरु माझ ल्याएको छ ।

यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७% को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नुहुनेछ ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नुहुनेछ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुनेछ ।