नेक्सन विथ १२० पीएसको साथमा मनाऔ “दसै“
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 26, 2021

‘मोटर गुडाउ“दै, बाइरोडको बाटोमा धुलो उडाउ“दै…।’
तपाईं नया“ गाडी किन्ने योजनामा हुनुहुन्छ भने आउनुस्, माथिको चर्चित गीतमा भनेझै“ यो दशै“मा नेक्सन विथ १२० पीएस हा“क्नुहोस्र चाडबाडलाई सपरिवार थप उत्सवमय बनाउनुस् ।
भारतीय कार नेक्सन विथ १२० पीएसले पछिल्लो समय लोकप्रियताको आफ्नै उचाइलाई समेत उछिन्नुमा यसमा उपलब्ध सुविधाहरूलाई नै मुख्य
श्रेय दिने गरिन्छ । हुन त, सन् २०१७ को अन्त्यतिर मात्रै यसको लन्च भएको हो । तर, गत वर्षको मध्यबाट यसले लोकप्रियताको
ग्राफलाई झन्–झन् वृद्धि गरिरहेको छ । जनवरी २०२१ मा नेक्सनले ८ हजार २ सय २५ युनिटको रिटेल आ“कडा हासिल गरेको छ, जुन लन्चपछि एसयूभीले प्राप्त गरेको उपल्लो बिक्री रेकर्ड हो ।

मासिक रूपमा हेर्दा, जनवरी २०२१ मा नेक्सनको बिक्री २०.३५ प्रतिशतले बढेको छ, डिसेम्बर २०२० मा कुल ६ हजार ८ सय ३५
युनिट बिक्री भएको थियो । भारतको तेस्रो ठूलो कार निर्माता कम्पनी टाटा मोटर्सको एक कम्प्याक्ट एसयूभी कार हो– नेक्सन विथ १२० पीएस ।
नेक्सन विथ १२० पीएस दिनप्रतिदिन चर्चित हु“दै गइरहेकाले गाडीका पारखीहरूको चासो थप बढ्दै गइरहेको हो । सवारी साधन हाम्रो सुविधाका लागि मात्रै होइन, सुरक्षाका लागि पनि उत्तिकै जरुरत हो ।
सुरक्षाका हिसाबमा यो पहिलो भारतीय गाडी हो, जसले पा“च–तारे ग्लोबल एनसीएपी प्राप्त गरेको छ । कारको लुक्स त आकर्षक छ“दै
छ । यसको कुप डिजाइन इम्पाक्ट २.० आधारित छ । डिजेल र पेट्रोल दुवै किसिमका इञ्जिनमा यो कार उपलब्ध छ ।
१.२ लिटर पेट्रोल इन्जिनको नेक्सनमा १ सय २० पीएस पावर जडान गरिएको छ । यस कारमा इलेक्ट्रिकल सनरुफ, वाइपर, हरमन म्युजिक स्टिम, स्टाबिलिटी प्रोग्राम र कनेक्टेड कार टेक्नोलोजीसमावेश गरिएको छ । गाडीमा जडान गरिएको रोबस्ट प्लेटफर्मका कारण चालकले जस्तोसुकै खालको सडकमार्गमा सहजै हा“क्न सक्नेछन् ।
‘स्टेट अफ आर्ट टेक्नोलोजी’ अवधारणामा बनाइएको यो गाडी थप आरामदायी छ । फोलिएज ग्रीन, फ्लेम रेड, टेक्टोनिक ब्लु, प्योर
सिल्भर, डेटोना ग्रे, कालग्यारी ह्वाइटलगायत ६ रङमा उपलब्ध भएकाले ग्राहकले आफ्नो रुचिअनुसार रोज्न पाउनेछन् । यस गाडीको नेपाली बजारमा सुरुआती मूल्य ३९ लाख ९५ हजार रुपैया छ ।