कोमाकीको पहिलो इलेक्ट्रिक क्रुजर बाइक रेन्जर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
June 22, 2022

कोमाकीले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइक कोमाकी रेन्जर भारतमा लन्च गरेको छ । हाल, यो बाइक नेपाली बजारमा उपलब्ध छ ।

कोमाकी रेन्जरमा ४ हजार वाटको इलेक्ट्रिक मोटरसहित ४ किलोवाटको ब्याट्री जडान गरिएको छ । कम्पनीले जारी गरेको तथ्यांक अनुसार कोमाकी रेन्जरले फुल चार्जमा २५० किलोमिटरको रेन्ज दिनेछ । सो क्रुजर बाइकमा क्रुज कन्ट्रोल सिस्टम, रिपेयर स्विच, रिभर्स स्विच र ब्लुटुथ साउन्ड सिस्टम तथा एड्भान्स ब्रेकिङ सिस्टम जस्ता फिचर समावेश छन् । ३ रङमा उपलब्ध रेन्जरको डिजाइन र विकासमा कोमाकीले ७ करोड भारु भन्दा बढी लगानी गरेको थियो ।

कोमाकी इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको मोटर र २.९ किलोवाटको लिथियम आयोन ब्याट्री प्याकको जडान गरिएको छ । स्कुटरमा रिपेयर स्विच, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिभर्स स्विच र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर समावेश छन् । यसको साथै स्कुटरमा सेल्फ डायग्नोसिस सिस्टम, मोबाइल चार्जिङ प्वाइन्ट, साइड स्ट्यान्ड सेन्सर, क्रुज कन्ट्रोल फिचर, एन्टी थेफ्ट लक सिस्टम र ड्युअल स्टोरेज बक्स पनि उपलब्ध छन्, कम्पनीले यसको मुल्य नेपाली बजारमा रु ४ लाख ५० हजार तोकिएको छ ।