“होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
June 21, 2022

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्जगर्दा रु. ७ हजार सम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजारसम्मको क्यासब्याक पनि हातपार्न सकिनेछ भने फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना २०७९ असार ५ गतेदेखि असार १०गतेसम्म मात्रै लागू हुनेछ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नु हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।