क्यूमिन्स इन्जिनका स्पेयर पार्ट्स बिक्री गर्दै शुभम् पावर मल्टि ट्रेड्र्स
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
June 21, 2022

बिगत २४ वर्षदेखी अटोमोबाइल्स सेक्टरमा कार्य गरिरहेका अनुभवी इन्जिनियरहरुको टिमले संचालन गरेको शुभम् पावर मल्टी टे«डर्स प्रालीले भखरै मात्र टाटा गाडीको साथैं विभिन्न हेभी उपकरण तथा निर्माण सामग्रीमा प्रयोग हुने विश्वविख्यात क्यूमिन्स इन्जिनको स्पेयर्स पार्टसहरु क्यूमिन्स इन्डिया लिमिटेडको आधिकारिक बिक्रेता भई नेपाली बजारमा भित्र्याएको छ ।
शुभम् पावर मल्टी टे«ड्र्सले विगत १५ वर्षदेखी पावर जेनेरेटरको मर्मत तथा विक्री वितरण गरि ग्राहकहरmलाई सन्तुष्ट बनाउन सफल भएको छ यस कम्पनीले बिगत ६ वर्षदेखि निर्माण तथा हेभी उपकरणहरmको पार्ट्सहरुको देशका विभिन्न स्थानमा बिक्री नेटवर्क बनाई उल्लेख्य रmपमा विक्री वितरण गर्दै आइरहेको छ ।
क्यूमिन्स इन्जिन नेपाली बजारमा संचालनमा रहेका टाटा तथा आइसर गाडी, जेसिभी, हुन्डाई, कोमात्सु, लिउगोङ्ग, एक्ससिएमजी, सान्तुइ जस्ता विभिन्न कम्पनीका हेभी उपकरणहरmमा प्रयोग हुन्छ । यस कम्पनीले क्यूमिन्स स्पेयर पार्टस्हरुकोे विक्री वितरणको लागि देशका विभिन्न स्थानमा थप डिलर खोजी गरिरहेको छ ।