रिलायन्स फाईनान्सको रक्तदान कार्यक्रम सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 20, 2021

लायन्स क्ल्ब अफ काठमाडौ युनाइटेड सेन्ट्रल र रिलायन्स फाईनान्सको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा विभिन्न अन्य क्लबहरुको पनि सहभागिता रहेको थियो । लायन्स क्लबका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको र हरेक ३ महिनामा यस्तो कार्यक्रम आयोजना गर्ने जानकारी क्लबका अध्यक्ष रोशनकुमार श्रेष्ठले दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी नेपालकै उच्च रक्तदाता प्रेमसागर कर्माचार्य, रिलायन्स फाइनान्स कम्पनीका सिइओ अनिल श्रेष्ठ, अटो नेपालका एमडि भूषण कुमार श्रेष्ठ लगायत नेपाल प्रहरी र ट्राफिक प्रहरीको पनि सहभागिता रहेको थियो ।