चांगन अटो नेपालको साथ के फाउन्डेसनलाई
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
June 17, 2022

चांगन अटोमोबाइल सदैब समाजप्रतिको बिबिध उत्तरदायित्वलाई परिपूर्ण पार्न अग्रसर रहेको छ । हालसालै चांगन अटोले ट्याब्लेट बितरण गरी डिजिटल शिक्षालाई प्रबर्धन गर्ने पहलमा आफ्नो सहभागिता जनाएको छ । समाजिक उत्तरदायित्व र के फाउन्डेसनसँगको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको छ ।

यस अघि पनि चांगनअटोले के फाउन्डेसनसँग रामेछापको एक बिद्यालयको सहयोगका लागि सहकार्य गरेको थियो । श्री देबिष्वर बिद्यालयमा आवश्यक विद्यार्थी समाग्री लिएर जानका निम्ति चांगनको हन्टर प्रयोग गरिएको थियो । चांगन अटो र के फाउन्डेसनको पहिलो सहकार्य फलदायी रहेको थियो ।

के फाउन्डेसन र साथ साथै नेपालका महानायक राजेश हमालद्वारा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ८ मा पञ्चकन्या बिद्यालय र सर्वसुधा बिद्यालयमा पाँच पाँचवटा ट्याब्लेट प्रदान गरिएको थियो । आउने दिनहरुमा पनि यो सहकार्य निरन्तर रहने कम्पनीले जनाएको छ ।