सहयोगी महिला जागरण मञ्चको आयोजना लायन्स क्लबको सहयोगमा ४१ पिन्ट रगत संकलन
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
June 12, 2022

विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा ‘रक्तदान गर्ने कार्यमा ऐक्यबद्धता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी होऔं” भन्ने नाराका साथ सहयोगी महिला जागरण मञ्चको आयोजना लायन्स क्लब अफ काठमाण्डौ युनाइटेड सेन्ट्रल,  लायन्स  क्लब अफ काठमाण्डौ काष्ठमण्डप फ्रेण्ड्स तथा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर कमिटीसंग समन्वय साथै केन्द्रीय रक्त सञ्चार सेवा ताहाचल प्राविधिक सहयोगमा सञ्चालन‌ भएको‌ खुल्ला रक्तदान कार्यक्रमा रक्तदानको लागी आउनुभएका ४८ जना रक्तदाताहरुको स्वास्थ्य परिक्षणबाट रक्तदाताहरुबाट ४१ पिन्ट रगत संकलन भएको सहयोगी महिला जागरण मञ्चका अध्यक्ष राधाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौमा आयोजित खुल्ला रक्तदान कार्यक्रमा रक्तदानको लागी आउनुभएका ४८ जना रक्तदाताहरु सबैंलाई लायन्स  क्लब अफ काठमाण्डौ काष्ठमण्डप फ्रेण्ड्सका अध्यक्ष  हरिकृष्ण अधिकारीले हार्दिक बधाई दिदैं प्रमाणपत्र बितरण गर्नुभयो  । यस कार्यक्रममा महत्वपूर्ण साथ सहयोग गर्नुहुने निम्न संस्थाहरु १) लायन्स क्लब अफ काठमाण्डौ युनाइटेड सेन्ट्रल, २) लायन्स क्लब अफ काठमाण्डौ काष्ठमण्डप फ्रेण्ड्स, ३) नेपाल स्वयंसेवी रक्तदाता समाज, ३० वडा कमिटी तथा रक्तदाताहरु साथै कार्यक्रममा स्वयंसेवक भई सेवा दिनुहुने आदरणीय व्यक्तित्वहरु तथा कार्यक्रममा सहयोग गर्नुहुने मनकारी सहयोगी दाताहरुमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने लायन्स क्लब अफ काठमाण्डौ युनाइटेड सेन्ट्रलका अध्यक्ष रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।