एभरेष्ट बैंकको उत्सवमय अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 14, 2021

एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।
यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागि ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सवारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ ।
भाद्र २७ देखि लागू भएको यस कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको छ ।
कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका निम्ति, ग्राहकहरुका लागि अतुलनिय योजनाहरु प्रस्तुत गरि यस चाडपर्वलाई कर्जा लिने सही समय बनाएको बैंकले जनाएको छ ।