डिएफएसके दशैं अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005...…)
September 13, 2021

डिएफएसकेको लागि नेपालको आधिकारीक वितरक कुजु नेपाल प्रालिले दशैं तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ ।
कुजु नेपाल सधै आफ्ना ग्राहकलाई उत्कृष्ट प्रडक्ट र आकर्षक अफर दिन लागि परेको छ । यही शिलशिालामा नजिकिदै गरेको दशैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवशर पारेर कम्पनीले आफ्नो ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम सार्वजनिक गरेको हो ।
उत्कृष्ट एआई टेक्नोलोजी प्रयोग भएको डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चड्न सक्नु हुनेछ । साथै, कम्पनीले ३ लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ ।
माथिको नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रीक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रीक स्कुटर सि१एस वा जि ५ वा इलेक्ट्रीक माउन्टेन बाइक मध्ये एउटा छनोट गर्न सक्ने छन् । उक्त स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।
डिएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् । कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने छन् । यो स्कुटर र माउन्टेन बाइकको मूल्य २ लाख ५० हजार बराबर हुने छ ।
ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्स्चेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्नेछ ।
इन्डोनेशियामा उत्पादन भएका ग्लोरी सिरिजका एसयूभी नेपाली ग्राहकले निकै मनपराउँदै आएको मोडल हो ।