टोयोटा एक्सचेञ्ज कार्निभल
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
September 13, 2021

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (
युटिएस) प्रा.लि.ले बडा दशैं २०७८ को उपलक्ष्यमा टोयोटा एक्सचेञ्ज कार्निभल आयोजना
गर्ने भएको छ । युटिएस लगायत नेपाल भरिका टोयोटा डिलर्सहरुमा यहि भाद्र २८ देखि
असोज ३ गते सम्म चल्ने उक्त एक्स्चेञ्ज कार्यक्रममा ग्राहकले अफुनो जुनसुकै कारलाई
नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, ¥याभ फोर हाइब्रिड, प्राडोसंग साट्न सक्ने
छन् ।
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर
प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो ।
यस एक्सचेन्ज कार्निभलमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई भारि
नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन, आकर्षक गिफ्ट प्याकेज तथा लकि ड्र मार्फत
होटल प्याकेज लगायतका अफरहरु प्रदान गर्नेछ ।