पनौती ट्राफिक प्रहरीलाई अत्याधुनिक ब्रेथ लाईजर
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 13, 2021

दुर्घटना न्यूनिकरण गराउन ब्रेथलाइजरको भुमिका निक्कै अहम हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठलाई पनौती नगरपालिकाको मेयर भीम न्यौपानेले सोध्नुभयो, हजुरहरुलाई के आवश्यक छ हामी सहयोग गरौला । श्रेष्ठले पनि कार्यालयमा आएर ब्रेथलाईजरको आवश्यकता परेको जानकारी गराउने पत्र लेख्नु भयो ।
सोही पत्रको आधारमा आइतबार पनौती नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेको लागी अत्याधुनिक प्रिन्टेबल ब्रेथलाईजर हस्तान्तरण गरेको छ । पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठलाई ब्रेथलाइजर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा उपप्रमुख गिता बञ्जारा र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेको सहभागिता रहेको थियो ।