टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको नेक्सन ईभी
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 11, 2021

नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनीले नेपाली सडकका लागि उपयुक्त सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने विशेषताका कारण समेत यो एसयूभीको चर्चा चुलिंदो छ । अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन ईभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ । नेपालमा नेक्सन ईभीको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिइने छ ।

सिप्रदी ट्रेडिङका अनुसार हाल सम्मको अवस्थामा पहिले बुकिङ गरेका ग्राहकहरुलाई डिसेम्बर महिना सम्ममा गाडी डेलिभरी दिइने र अब बुकिङ गर्ने ग्राहकले भने सन् २०२२ देखि मात्र गाडी लिन पाउने छन् । सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलर अप्सनमा उपलब्ध टाटा नेक्सन तीन भेरिएन्टमा उपलब्ध हुनेछ । सबैभन्दा सस्तो भेरिएन्ट एक्सएमको मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र सबैभन्दा महंगो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो ।