एविएस सिस्टम भएको हिरो एक्सपल्स २००भी
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
June 8, 2022

केही समय अगाडी मात्रै नेपालमा लञ्च भएको हिरोको २०० सिसिको वाइकको अहिले बजारमा राम्रै माग बढेको छ । यो २०० सिसिको एफआई इन्जिन भएको वाइक हो । यसमा चारवटा भल्ब हुने भएकोले यसको नामाकरण गर्दा फोर भी भनेर गरिएको हो । यसमा आयल कुलिङ सिस्टम पनि रहेको छ । यो डबल डिस्क ब्रेक र एविएस सिस्टम भएको बाइक हो । यसमा १३ लिटर इन्धन अट्छ । यसमा सेल्फ स्टार्ट र किक्स स्टार्ट दुबैको सुविधा राखिएको छ । यसमा एलइडी हेड ल्याम्प, फुल्ली डिजिटल मिटर, ब्लुटुथ कनेक्सन पनि राखिएको छ । यसको बजार मुल्य ४ लाख ५० हजार छ भने ५ वर्षको इन्जिन वारेन्टी, १८ महिनाको व्याट्री ग्यारेन्टी र ९ वटा सर्भिसिङ निः शुल्क रहेको छ ।
यो मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल पर्पोज टायर लगायतका धेरै फिचर्सहरु उपलब्ध छन् । कम्पनीले अहिले टेष्ट ड्राइभको लागी विभिन्न शोरुमहरुमा यो बाइक उपलब्ध गराएको छ ।