विश्वभरिका एस्कर्ट्स डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स उत्कृष्ट
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 11, 2021

हेमन्त पुरानिक
प्रमुख कार्यकारी अधिकृत

एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा एस्कर्ट्सको नेपालका लागि आधिकारिक वितरक आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रदान गरिएको छ ।
हालै भारतमा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्ट्सका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्ट्स डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ बिजनेश पार्टनरको रुपमा सम्मानित गरिएको हो ।
हेमन्त पुरानिक हालै आइएमई अटोमोटिभ्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गरेका हुन् । उनले कार्यभार सम्हाले पश्चात यो पहिलो अन्तर्राष्ट्रिय उपलब्धि हो ।
अघिलो वर्षमा आइएमईले गरेको मार्केट शेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्टि र एस्कर्ट्स ब्राण्डलाई नेपालमा स्थापित गर्न ठुलो भूमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।
आइएमई अटोमोटिभ्सले एस्कर्ट्स ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेनका साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्री–वितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुबिधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्ट्सको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले जनाएको छ ।
आइएमई अटोमोटिभ्स हेभी इक्विपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबार गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । बेस्ट पर्फमिङ अर्वाड आइएमई अटोमोटिभ्स टिमको मिहिनेत र कुशल कार्यक्षमता प्रमुख रहेको कुरामा जोड दिँदै सबै टिमलाई यस अवार्डको लागि उनले धन्यवाद पनि दिए ।