महिन्द्राको  चार शोरूमहरू उद्घाटन
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
September 10, 2021

२५, भदौ २०७८
अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूमको चार फरक स्थान काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकै साथ उद्घाटन गरेको छ र कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको छ ।

नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो । अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् ।

बिक्री, सेवा र स्पेयर पाटर््स सुविधाहरूका साथ यस प्रमाणीकरणयुक्त सवारी साधनहरू (सर्टिफाइड युज्ड भेहिकल्स) स्थापनाको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई थप सुविधाजनक र किफायती बनाएर प्रमाणीकरणयुक्त महिन्द्रा सवारी साधनहरू र यसका गुणस्तरीय सेवाहरूमा पहुँचको थप सुविधा प्रदान गर्नु हो । अहिलेका लागि विशेष रुपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित रहने छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठ भन्नु हुन्छ, “आजका दिनमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरू विश्वभरि लोकप्रिय छन् तर यो नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारीहरू प्रयोग भइसकेका भए पनि हामी यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं । यस्ता ग्राहकहरूले प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२÷७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री (एक्सेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधासहित पाउन सक्नु हुनेछ । प्रयोग गरिएको कारले निश्चित रूपले पैसा पनि बचाउँछ र ग्राहकहरूले आफूले चलाइरहेको वर्ग (सेग्मेन्ट)का सवारीसाधनहरूलाई सुस्त मूल्यह्रास (डिप्रिसियसन)को तनावबाट मुक्त भइ स्तरवृद्धि गर्न सक्नु हुनेछ । हामीसँग धेरै रिकन्डिसन सेन्टरहरू र डिलरहरू छन् जसले देशमा प्रयोग भइसकेका सवारी साधनहरू खरिद तथा बिक्री गर्छन् तर हामीले बहुमूल्य ग्राहकहरूको पीडा देखेका र महसुस गरेका छौं, जब उनीहरूसँग सक्कली सर्भिस सेन्टरहरू छैनन्, जहाँ उहाँहरूले प्रयोग गरेको सवारीहरू खरिद गरेपछि विश्वास गर्न सक्छन् । तर, अग्नि आस्था आफ्ना ग्राहकहरुका लागि एकल विन्दु समाधानको रूपमा आएको छ ।”

कुनै पनि प्रयोग भइसकेका सवारी साधन बिक्री गर्नुभन्दा अघि अग्नि आस्थाले सवारीहरूलाई मल्टीप्वाइन्ट निरीक्षणका साथ प्रमाणीकरण गर्ने कुरा सुनिश्चित गर्दछ जहाँ कम्पनीका प्रशिक्षित प्रमाणिकरणयुक्त महिन्द्रा प्राविधिकहरूले सयौं भाग र प्रणालीहरूमा जाँच गर्छन् ताकि तिनले न्यूनतम आवश्यकताहरू पूरा गरुन् तथा सक्कली महिन्द्रा स्पेयर पाट्र्स र एक्सेसरिजका साथै बिक्रीपछिको सेवा पनि प्रदान गरिनेछ । अब ग्राहकहरू महिन्द्रा सवारी साधनहरू निम्न वेबसाइटमार्फत् किन÷बेच गर्न सक्नु हुन्छ – धधध।बनलष्बबकतजब।अयm

विशेष गरी पहिलो पटक किन्ने÷चलाउनेहरूको लागि, प्रयोग गरिएको खरीद गर्नु एकै पटक बढी व्यावहारिक र सस्तो हुन्छ । जबसम्म तपाईं वास्तवमै बजारमा भर्खर आएको सवारीसाधनहरू चाहान थाल्नु हुन्न, एउटा प्रयोग गरिएको सवारी साधनले प्रायः सबै प्रकारका खरीदकर्ताहरूलाई पर्याप्त सुविधाका साथ आवश्यकता राम्रोसँग पूरा गर्न सक्छ । तसर्थ, नेपालका सवारी साधन स्वामित्वकर्ता र खरिदकर्ताहरूका लागि वास्तवमै यो राम्रो खबर हो कि पर्याप्त बचतसहित प्रमाणीकरणको सुनिश्चितता प्राप्त गर्न र प्रयोग भएको एसयूभी, पिकअप र सवारी साधनमा नयाँ किनेको बेलामा आशा गरिने लगभग सबै सुविधाहरू प्राप्त गर्न सकिनेछ ।