प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेशन बनाउने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 31, 2022

सरकारले सार्वजनिक निकायले सवारी खरिद गर्दा विद्युतीय सवारीमात्रै खरिद गर्नुपर्ने व्यवस्था गर्ने भएको छ ।

विद्युतीय सवारीको प्रयोगलाई बढाउन नेपाल विद्युत प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्ने अर्थमन्त्रीले बताएका छन् । पेट्रोल पम्प रहेको स्थानमा चार्जिङ स्टेसन निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने समेत अर्थमन्त्री शर्माले बताए ।

उनले विद्युतीय चुलो, उपकरण तथा यातायातका साधन खपत गरी विद्युत् खपत बढाइने छ र ठूला सहरको यातायात र भान्सालाई विद्युतीय सेवामा रूपान्तरण गरिने समेत उल्लेख गरेका छन् ।