चितवनका अटोमोवाइल व्यवसायीले खोप लगाए
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 6, 2021

कोभिड–१९ रोग विरुद्धको खोप अभियान अन्तर्गत चितवन अटोमोबाइल्स एसोसियसनको पहलमा चितवनका अटोमोवाइल व्यवसायीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

पूर्वि चितवनको खैरहनी र पर्सामा बुधबार ६५ जना सदस्य र बिहिबार जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवनमा २६० जना सदस्य गरि ३२५ जनाले खाप लगाएको बताइएको छ । खोप लगाएपछि व्यवसायीले सुरक्षित महसुस गरेको र व्यवसाय संचालन गर्न सहज हुने एसोसिएसनका अध्यक्ष अमृत जोशीले जानकारी दिए ।